दुर्घटनामा एकको मृत्यु

आइतबार, ०९ फागुन २०७७, १० : २२

काठमाडौं- कैलालीको कैलारी गाउँपालिका ३ मा गाडामा ठोक्किएर मोटरसाइकल चालकको मृत्यु भएको छ । धनगढीस्थित निःसर्ग अस्पतालमा उपचारको क्रममा उनको मृत्यु भएको हो । मृत्यु हुनेमा कैलालीको धनगढी उपमहानगरपालिका १९ का ४२ वर्षीय खगेन्द्र चौधरी छन् ।

शनिबार बेलुकी सवा ७ बजे गाडामा अनटेष्ट लेखिएको मोटरसाइकल ठोक्किएको थियो ।

आइतबार, ०९ फागुन २०७७, १० : २२

प्रतिक्रिया