नेपालीले पिए ६ महिनामै १ अर्ब ७२ कराेडकाे विदेशी मदिरा

आइतबार, ०९ फागुन २०७७, १६ : ०४

नेपालमा चालु आर्थिक वर्षको ६ महिनामा १ अर्ब भन्दा बढीको मदिरा जन्य पदार्थ भित्रिएको छ । चालु आ.ब को साउन देखि माघ महिना सम्ममा नेपालमा  १ अर्ब ७२ करोड ५२ लाख ७० हजारको  मदिरा जन्य पदार्थ भित्रिएको हो । 

जसमा सबैभन्दा धेरै ३०युपी ह्विस्की ५१ करोड बराबरको आयात भएको छ भने  ३५ करोड बराबरको एक्स्ट्रा नेचुरल अल्कोहल भित्रिएको छ । यस्तै  ३० करोड भन्दा बढीको २५युपी  ह्विस्की, २७ करोड बराबरको ह्विस्कीमा प्रयोग हुने कच्चा पदार्थ आयात भएको छ । 

१२ करोड बराबरको मदिरामा प्रयोग गरिने अन्य बस्तु आयात भएको छ भने १५ करोड भन्दा बढि मूल्यको स्प्राक्लिङ वाइन , बियर, ४०युपी  रक्सि , नन अल्कोहल बियर, १५युपी  ह्विस्की, २५ युपी जिन एन्ड जिनेभा, निर्जल ईथेनल, ५० युपी रक्सी, ७० युपी रक्सी ३०युपी भोड्का, रम, वाइन, कन्ट्रि बियर लगायतका पदार्थ भित्रिएको  भन्सार विभागले  जनाएको छ ।। 

 

आइतबार, ०९ फागुन २०७७, १६ : ०४

प्रतिक्रिया