नेपालबाट चालु आर्थिक वर्षको ६ महिनामा करिव ५ करोड बराबरको मदिरा जन्य पदार्थ निर्यात भएको छ । चालु आर्थिक वर्षको साउन देखि माघ सम्ममा नेपालबाट ४ करोड ९८ लाख १० हजारको मदिरा जन्य पदार्थ निर्यात भएको हो ।
नेपालबाट मदिरा जन्य पदार्थ २० देशमा निर्यात हुने गरेको छ भने सबैभन्दा धेरै हङ्कङ र जापान निर्यात हुँदै आएको छ ।
भन्सार विभागको तथ्याङ्क अनुसार ६ महिनामा सबैभन्दा धेरै जापानका लागी १ करोड ३५ लाख बराबरको २५ यूपी रम बाहिरिएको छ । ९४ लाख बराबरको अन्न बाट बनेको बियर निर्यात भएको छ ६३ लाख ९९ हजारको २५ यूपी ह्विस्की र ३० यूपी भोड्का बाहिरिएको छ ।
यस्तै हङ्कङका लागी ४० लाख बराबरको २५ यूपी ह्विस्की, १६ लाख बराबरको अन्न बाट बनेको बियर, १४ लाख बराबरको अन्य रम, १४ लाख ७० हजारको अन्य भोड्का र ८ लाखको २५ यूपी रम बाहिरिएको छ ।
त्यस्तै अन्य ९ वटा देशमा १ करोड २९ लाख ५ हजारको २५ यूपी रम, २५ यूपी बियर, इनर्जी ड्रिङ्क, नन अल्कोहलिक बियर , अन्न बाट बनेको बियर, २५ यूपी ह्विस्की निर्यात भएको तथ्याङ्कमा उल्लेख छ ।
प्रतिक्रिया