बुटवलदेखि नुवाकोटकसम्म पुग्ने केवलकारको  शिलान्यास

३ बर्ष अगाडि

 बुटवलमा दुई हप्ताभित्र दुई केवलकार शिलान्यास भएका छन् ।  फागुन १ गते प्रधानमन्त्री केपी शर्मा ओलीले बुटवल गोलपार्कदेखि पाल्पाको वसन्तपुरसम्म ३ किलोमिटर लम्बाईको लुम्बिनी केबलकारको शिलान्यास गरेका थिए । आज अर्थमन्त्री विष्ष्णु पौडेलले बुटवलदेखि नुवाकोटकसम्म पुग्ने सिद्धार्थ केवलकार शिलान्यास गरेका हुन् ।

शिलान्यास कार्यक्रमलाई सम्बोधन गर्दै अर्थमन्त्री पौडेलले रुपन्देही जिल्लाले विकासको रोल मोडलको भूमिका खेल्ने दावी गरे । उनले अब रुपन्देशी जिल्लाले पर्यटनको विकासमा थप फड्को मार्ने बताए ।  बुटवलबाट नुवाकोट र वसन्तपुर डाँडामा जाने केवलकार सञ्चालनका लागि व्यवसायीहरुले लामो समयदेखि गृहकार्य गर्दै आएका थिए । 

लुम्बिनी केवलकारमा काठमाडौंको चन्द्रागिरी केवलबार सञ्चालन गरेको ग्लोबल आईएमई गु्रप र शर्मा एण्ड कम्पनीको ७५ प्रतिशत र बुटवलका स्थानीयको २५ प्रतिशत केबलकारमा लगानी रहेको छ । आज शिलान्यास गरिएको केवलकार सिद्धार्थ केबलकार प्रालिको नाममा रहेको छ । उक्त केबलकार बुटवल मणिमुकुन्द सेन उद्यान (फूलबारी)देखि पाल्पाको नुवाकोटसम्म पुग्नेगरी सञ्चालन गरिनेछ । यी केबलकार निर्माण भएपछि लुम्बिनी आउने पर्यटकहरुलाई आकर्षित गर्न सकिने अपेक्षा गरिएको केवलकार सञ्चालक माधव नेपालले बताए ।  

३ बर्ष अगाडि

प्रतिक्रिया