सोमबार सुनको मुल्य स्थिर,चाँदीको मुल्य भने बढ्यो

सोमबार, १० फागुन २०७७, ११ : ०१

काठमाडौं- सोमबार नेपाली बजारमा सुनको मुल्य स्थिर रहेको छ ।

हिजो प्रतितोला ८९ हजार रुपैंयामा कारोबार भएको सुनको मुल्य सोमबार यथावत रही प्रतितोला ८९ हजार रुपैंयामा नै कारोबार हुने सुनचाँदी महासंघले जनाएको छ ।

तेजावी सुनको मुल्य पनि आजलाई ८८ हजार ५५० रुपैंया रहेको छ ।

यस्तै, चाँदीको मुल्य भने तोलामा ५ रुपैंयाले बढेर प्रतितोला १३ सय ३५ रुपैंया रहेको महासंघले जनाएको छ । हिजो नेपाली बजारमा चाँदीको मुल्य १३ सय ३० रुपैंयामा कारोबार भएको थियो । 

सोमबार, १० फागुन २०७७, ११ : ०१

प्रतिक्रिया