काठमाडौं - चालु आर्थिक वर्षको माघ महिना सम्ममा १९ अर्ब ५९ करोडको भटमासको तेल सोयाबीन तेलको निर्यात भएको छ । भन्सार विभागको तथ्याङकले यस्तो देखाएको हो ।
भन्सार विभागका अनुसार चालू आर्थिक वर्षको ७ महीनाको अवधिमा नेपालबाट कुल ६९ अर्ब ९१ करोडको वस्तु निर्यात भएको छ । जसमा १९ अर्ब ५९ करोड भने भटमासको तेल मात्र निर्यात भएको तथ्यांकले देखाएको छ ।
जुन कुल निर्यातको २८ प्रतिशत हिस्सा भटमासको तेलले ओगोटेको हो । कोरोना महामारीका कारण वैदेशिक व्यापार प्रभावित भए पनि भटमासको तेलको निर्यात भने करीब २२९ प्रतिशतले बढेको विभागले जनाएको छ ।
प्रतिक्रिया