एजेन्सी - एउटा अपार्टमेन्ट झण्डै ७ अर्ब रुपैयाँमा बिक्री भएको छ । हङकङमा रहेको उक्त अपार्टमेन्ट हालै बिक्री भएको हो ।
हङकङका धनाढ्य भिक्टर लीको कम्पनी सि के एसेट्स होल्डिंग्स लिमिटेडले उक्त अपार्टमेन्ट ५ करोड ९० अमेरिकी डलर अर्थात् करिब ७ अर्ब ८५ करोड रुपैयाँमा बिक्री गरेका छन् ।
उक्त अपार्टमेन्ट कसले खरिद गर्यो भन्ने बारे भने खुलाइएको छैन । ३३ सय ७८ वर्गफिटमा निर्मित उक्त अपार्टमेन्टको मूल्य १ लाख ३६ हजार हङकङ डलर परेको छ ।
उक्त अपार्टमेन्टमा पाँचवटा कोठा, स्विमिङ पुल, प्राइभेट छत तथा तीनवटा पार्किंङ स्पेसलगायतको सुविधा छ ।
प्रतिक्रिया