पुग्न थाल्यो घरदैलोमा अण्डा

३ बर्ष अगाडि

काठमाडौं - चितवनका किसान दाना उद्योग प्रालिले सङ्कलन भएको अण्डा घरदैलोसम्म पु¥याउन थालेको छ । 

कृषकलाई दाना बिक्री गरेर अण्डा उठाउने उद्देश्यले स्थापना भएको सो उद्योगले देशका प्रमुख शहरमा घरदैलोसम्म नै अण्डा पु¥याउन थालेको हो । 
 
उद्योगका कार्यकारी निर्देशक विनोद पोख्रेलका अनुसार देशभर ३० भन्दाबढी बिक्री केन्द्रमार्फत घरदैलोका किराना पसलसम्म अण्डा पु¥याउने लक्ष्य लिइएको छ । हालसम्म पाँच  बिक्री केन्द्रमार्फत अण्डा बिक्री गरिँदै आएको छ । 

सोही उद्योगकोसमेत लगानी रहेको नवलपरासीको विनयीत्रिवेणी गाउँपालिका वडा नं ३ मा रहेको दाउन्ने एग्रो फार्ममा दैनिक ८०० पेटी अण्डा सङ्कलन हुने गर्दछ । यसैगरी उद्योगबाट दाना किन्ने किसानबाट दैनिक ९५० पेटी अण्डा सङ्कलन हुने गर्दछ । 
 
सङ्कलन भएका अण्डा उपभोक्ताका घरदैलोमा पु¥याउने लक्ष्यका साथ काम अघि बढाएको उनले जानकारी दिए ।  उनले सोझै घरदैलोसम्म अण्डा पु¥याउँदा उपभोक्ताले सस्तोमा अण्डा पाउने बताए । 

हाल उद्योगले सुर्खेतको सनिहिल लाइन, काठमाडौँको पेप्सीकोला, जोरपार्टी, नयाँ बजार र नक्सालमा बिक्री केन्द्र खोलेको छ । ती केन्द्रमार्फत घरदैलोमा अण्डा पु¥याउने गरिन्छ । बाह्र वटा साना सवारी साधनले अण्डा ओसार्ने गरेको उहाँको भनाइ छ । छिट्टै इटहरी र वर्दिबासमा केन्द्र खोलिँदै छ । 

उनले भने, “स्वच्छ, सफा र ताजा अण्डा सर्वसुलभ दररेटमा उपभोक्तासम्म पु¥याउने हाम्रो लक्ष्य हो ।” नेपालमा नै सबैभन्दा बढी अण्डा सङ्कलन गर्ने यस उद्योगले काठमाडौँसँगै नेपालगञ्ज, जनकपुर, सुर्खेत, धनगढी, इटहरी, बुटवल, नेपालगञ्ज जस्ता प्रमुख शहरमा अण्डा बिक्री गर्दै आएको छ । 
 
उद्योगका निर्देशक द्रोणप्रसाद लामिछानेले किसानबाट पाँचौँ तह पार गरेर मात्र उपभोक्ताकामा अण्डा पुग्दै आएकामा अब सोझै उपभोक्तासम्म पु¥याउने उद्देश्यका साथ काम थालिएको बताए । उनका अनुसार घर नजिकैको पसलसम्म उद्योगले अण्डा पु¥याउनेछ ।

यसैबीच आजमात्र सुुर्खेत जिल्लाको वीरेन्द्रनगरस्थित सनिहल लाइनमा पाँचौँ बिक्री केन्द्र शुभारम्भ गरिएको छ । सो केन्द्रको सुर्खेत उद्योग वाणिज्य सङ्घका अध्यक्ष धनबहादुर रावतले शुभारम्भ गरेका हुन् । 

सो अवसरमा उहाँले उपभोक्ता लाभान्वित हुने गरी चितवनबाट सुर्खेतसम्म आएकामा खुशी प्रकट गर्नुभएको निर्देशक लामिछानेले जानकारी दिए । 

उद्योगका संस्थापक सञ्चालक राजकुमार गुरुङको अध्यक्षतामा भएको सो कार्यक्रममा सङ्घका महासचिव लक्ष्मण कँडेल, कोषाध्यक्ष भद्र भण्डारी, सदस्य भीमप्रसाद पौडेलको उपस्थिति रहेको थियो । 

कार्यक्रममा उद्योगका कार्यकारी निर्देशक पोख्रेलले बिक्री केन्द्र स्थापनाको उद्देश्यका बारेमा जानकारी गराएका थिए ।  
 

३ बर्ष अगाडि

प्रतिक्रिया