रानी मुखर्जीलाई चीन फलदायी, सार्वाधिक कमाइ गर्नेे बलिउड फिल्ममध्ये यो छैटौं फिल्म

सोमबार, १२ कार्तिक २०७५, १५ : ४३


एजेन्सी- बलिउड अभिनेत्री रानी मुखर्जी अभिनित फिल्म ‘हिचकी’ गत १२ अक्टोबरबाट चीनमा प्रदर्शन भइरहेको छ। रानीका लागि फिल्मी करिअरमा यो पहिलो चीन यात्रा हो। उनको पहिलो चीन यात्रा निकै फलदायी बनेको छ। 

उनको फिल्म हिचकीले चीनमा मात्र १ अर्ब १४ करोड रुपैयाँको व्यापार गरिसकेको छ। चीनमा सार्वाधिक कमाइ गर्नेे बलिउड फिल्ममध्ये यो छैटौं फिल्म हो। 

सिद्धार्थ मल्होत्राको निर्देशनमा तयार फिल्म करीब २० करोड लगानीमा निमार्ण भएको थियो। फिल्मले यसअघि भारतमा भने ४६.१७ करोडको मात्र व्यपार गर्न सफल भएको थियो।

सोमबार, १२ कार्तिक २०७५, १५ : ४३

प्रतिक्रिया