काठमाडौं- बिहीबार सुनको मुल्य तोलामा ५०० रुपैंयाले ओरालो लागेको छ ।
हिजो प्रतितोला ८९ हजार ८०० रुपैंयामा कारोबार भएको सुनको मुल्य आज तोलामा ५०० रुपैंयाले घटेर तोलाको ८९ हजार ३०० रुपैंयामा कारोबार हुने सुनचाँदी व्यवसाय महासंघले जनाएको छ ।
यस्तै, चाँदीको मुल्य भने तोलामा १० रुपैंयामा बढेर १३ सय ५५ रुपैंयामा कारोबार हुने महासंघले जनाएको छ । हिजो नेपाली बजारमा चाँदीको मुल्य १३ सय ४५ रुपैंयामा कारोबार भएको थियो ।
प्रतिक्रिया