एप्पलको खुलासा : ६ वर्षमा १०० बढि नयाँ कम्पनी खरिद

विहीबार, १३ फागुन २०७७, ११ : २३

एजेन्सी - एप्पल कम्पनीले नयाँ कुरा खुलासा गरेको छ । कम्पनीले पछिल्लो ६ वर्षमा १०० भन्दा धेरै नयाँ कम्पनी खरिद गरिसकेको कम्पनीका कार्यकारी प्रमुख टिम कुकले खुलासा गरेका हुन् । 

कम्पनीले प्रत्येक तीन हप्तामा एउटा कम्पनी किन्ने गरेको मंगलबारको शेयरहोल्डर बैठकमा कुकले बताएका हुन् । एप्पलले हालै मात्र अहिलेसम्मकै सबैभन्दा ठूलो चौमासिक आम्दानी डेलिभर गरेको थियो । 

२०२१ फिस्कल वर्षको पहिलो चौमासमा कम्पनीले १११.४ अर्ब डलर ल्याएको हो । कुकका अनुसार कम्पनी अहिले नयाँ प्रविधि र क्षमता लिनमा केन्द्रित भइरहेको छ । 

पछिल्लो दशकमा एप्पलले ग्रहण गरेको सबैभन्दा ठूलो कम्पनी ‘बिट्स इलेक्ट्रोनिक्स’ रहेको थियो । हेडफोन निर्माण गर्ने यो कम्पनीलाई एप्पलले ३ अर्ब डलरमा खरिद गरेको थियो । 

अर्को चर्चित हाइ प्रोफाइल कारोबार भनेको संगीत पहिचान गर्ने सफ्टवेयर कम्पनी, ‘शाजम’ थियो जसलाई यसले २०१८ मा ४० करोड डलरमा खरिद गरेको हो ।

एप्पलको कम्पनी मूल्य हाल २० खर्ब डलर बराबर रहेको छ ।
 

विहीबार, १३ फागुन २०७७, ११ : २३

प्रतिक्रिया