भारततर्फ लैजाँदै गरेको अवस्थामा ४ महिलाको उद्धार

फागुन १३, २०७७ | आजको अर्थ
ajaako_artha

काठमाडौं - भारततर्फ लैजाँदै गरेको अवस्थामा चार जना महिलाको उद्धार गरिएको छ । विदेश पठाइदिने भन्दै भारततर्फ लैजाँदै गरिएका उक्त महिलाहरूको पूर्वी इलामको सीमावर्ती नाका पशुपतिनगरबाट उद्धार गरिएको हो । 

रोजगारीका लागि भारत हुँदै दुबई पठाइदिने भन्दै गोरखाका एक व्यक्तिले गोरखा धार्चेका चार महिलालाई भारततर्फ पठाउने क्रममा सीमा नाकाबाट माइती नेपाल र सशस्त्र प्रहरीको टोलीले उद्धार गरेका छन् ।

उद्धार गरिएका चारै जनालाई अभिभावकको जिम्मा लगाइसकिएको छ ।  पछिल्लो समय पशुपतिनगरमा मानव बेच–विखनका लागि स्थानीय एजेन्टहरुसमेत सक्रिय भएका छन् । 

कन्ट्रयाक्टमार्फत मानव बेच–विखनको तस्करी हुने निकै जोखिम बढेको छ । माइती नेपाल पशुपतिनगरको तथ्याङ्कअनुसार पशुपतिनगर नाकाबाट दुई महिना ९जनवरी–फेब्रुअरी० को अवधिमा ३२ जना महिलाको उद्धार गरिएको छ । 

उनीहरु अधिकांशलाई विभिन्न प्रलोभनमा परेर भारततर्फ लैजान खोजिएको अनुसन्धानबाट खुलेको छ । 


 

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

बुलियन मार्केट

विनिमय दर

मुद्राखरिदबिक्री
U.S. Dollar१२२.०३१२२.६३
European Euro१३१.६६१३२.३१
UK Pound Sterling१५०.८७१५१.६१
Swiss Franc१२५.०९१२५.७१
Australian Dollar७७.७८७८.१६
Canadian Dollar८६.९२८७.३५
Singapore Dollar८५.६५८६.०८