कर नतिर्ने १०९ जनाको सूची सार्वजनिक

विहीबार, १३ फागुन २०७७, १२ : २१

आन्तरिक राजश्व विभागले लामो समयसम्म कर नतिर्ने करदाताको सुचि सार्वनजिक गरेको छ ।  विभागले कर नतिर्ने १०९ करदाताको सुचि सार्वजनिक गरेको हो । 

विभागले सुचि सार्वजनिक गर्दै बुझाउनु पर्ने मूल्य अभिवृद्धि कर तथा आयकर १५ दिन भित्र बुझाउन आग्रह गरेको हो ।

तोकिएको समयमा कर भुक्तान गर्न नआउने करदाताको बैंक खाता रोक्का, घर जग्गा रोक्का तथा ब्यबसाय रोक्का गर्ने चेतावनी दिदै  विभागले यदि कर भुक्तानी गरि सकेको भए विभागले कर तिरेको प्रमाण सहित विभागमा उपस्थित हुन आग्रह गरेको छ।  

विहीबार, १३ फागुन २०७७, १२ : २१

प्रतिक्रिया