काठमाडौं - कर प्रणाली सुधारका लागि आन्तरिक राजस्व विभागले सुझाव माग गरेरको छ । विभागले आगामी बजेट मार्फत सुधार गर्नका लागि सरोकारवालहरुसँग सुझाब माग गरेको हो ।
विभागको नीति विश्लेषण शााखाले आगामी आर्थिक वर्ष २०७८/७९ के आर्थिक ऐन तथा बजेट तर्जुमाको सन्दर्भमा आयकर, मूल्य अभिवृद्धि कर तथा अन्तशुल्कको क्षेत्रमा गर्नुपर्ने सुधारका लागि सुझाव माग गरेको छ ।
साथै विभागले समग्र कर प्रणाली सुधारका बिषयमा नीतिगत र कानूनी सुधारका साथै प्रक्रियागत सरलिकरण सम्बन्धीका सुझाब फागुन मसान्तभित्र पेश गर्न आग्रह गरेको छ ।
प्रतिक्रिया