एकै दिन एक हजारको दरलो मर्न थाले कुखुरा, खोपले गरेन काम !

विहीबार, १३ फागुन २०७७, १३ : ४६

ईलाममा पछिल्लो समय कुखुरा मर्न थालेपछि  जिल्लाका किसान चिन्तित बन्न थालेका छन् । एकै दिन एकै किसानका एक हजार हाराहारीमा कुखुरा मर्न थालेका छन् । पहिले कुखुरा झोक्राउने, हरियो र सेतो रङको दिसा गर्ने, चारो नखाने लक्षण देखिएको छ ।

आइतबार र सोमबारमा एक हजार २०० कुखुरा मरेको पोल्ट्री व्यवसायी विनोद पोखरेलले जानकारी दिए ।  एकैपटक दुई जातिका कुखुरा मर्दा रु साढे चार लाखभन्दा बढी क्षति व्यहोर्नुपरेको उनको भनाइ छ । 

पोल्ट्री व्यवसायी सङ्घका अध्यक्ष दिनेश महतले  २५० लोकल  र १००  कडकनाथ जातको कुखुरा मर्दा  तीन लाख ८० हजारभन्दा बढी क्षति भएको बताए । भेटेरेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र इलामले रानीखेतको कारण कुखुरा मरेको जनाएको छ । किसानले भने रानीखेतको खोप लगाएको कुखुरासमेत मरेको जानकारी दिएका छन्  ।


कुखुरा मर्न थालेपछि भेटेरेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रले नमूना सङ्कलन गरेर विराटनगरको प्रयोगशालाको पठाएको थियो । परीक्षण गर्दा कुखुरामा रानीखेतको भाइरस देखिएको डा सञ्जय ढुङ्गनाले जानकारी दिएका  छन्  ।

कुखुरा फार्ममा जथाभावी आवातजावत गर्ने, कुखुराको चल्ला तथा दानाको ओसारपसार गर्दा सुरक्षा सावधानी नअनाउँदा एकैपटक भाइरसको सङ्क्रमण फैलिएको हुनसक्ने उनी  बताउछन् । 

विहीबार, १३ फागुन २०७७, १३ : ४६

प्रतिक्रिया