ब्रोइलरको मासु बेचबिखन गर्न र खान रोक

शुक्रबार, १४ फागुन २०७७, १८ : ३७

सुर्खेतमा बर्डफ्लु देखिएपछि त्यहाँबाट आयात हुने ब्रोइलर मासुमा रोक लगाइएको छ । सिमिकोट गाउँपालिकाका अध्यक्ष पदमबहादुर लामाले सुर्खेतबाट हवाइमार्ग हुँदै आयात हुने ब्रोइलरको मासु यही फागुन २० गतेसम्मका लागि रोक लगाइएको जानकारी दिए । 

सिमिकोट गाउँपालिकाको बैठकले नेपालगञ्ज र सुर्खेतबाट हवाई मार्ग हुँदै ब्रोइलरको मासुमा रोक लगाइएको  पशु सेवा शाखाले जनाएको छ । बैठकले पशुपंक्षीसमेत बजार अनुगमन गर्ने निर्णय पनि गरेको छ । 

बैठकमा प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी गिरी, उद्योग वाणिज्य सङ्घ वरिष्ठ उपाध्यक्ष छक्कबहादुर रोकायालगायत सुरक्षा निकायका प्रमुखको उपस्थिति थियो । कर्णाली प्रदेश राजधानी सुर्खेतमा बर्डफ्लु देखापरेपछि हुम्लामा पनि सर्वसाधरणलाई ब्रोइलरको मासु नखान र व्यापारीलाई बेचबिखन नगर्न भनिएको छ ।
 

शुक्रबार, १४ फागुन २०७७, १८ : ३७

प्रतिक्रिया