घुम्टेको विकास र मूर्तिकला सङ्ग्रहालय बनाउन बहस

३ बर्ष अगाडि

बागलुङको गलकोटका दुई पर्यटकीय क्षेत्रको विकासका लागि एकमुष्ट साझेदारीको बजेट विनियोजन भएपछि सरोकारवालाबीच बहस शुरु भएको छ । 

गलकोट नगरपालिका–५ टेउवामा राष्ट्रिय मूर्तिकला सङ्ग्रहालय निर्माण र गलकोटकै पहिचान घुम्टेको धुरी जोड्ने पहुँच मार्ग निर्माणका लागि एकमुष्ट बजेट विनियोजन भएको छ । दुईवटा योजनाको समानान्तर विकास र प्रभावित क्षेत्रका सर्वसाधारणको हितमा हुने गरी काम थाल्न गलकोट नगरपालिकाले सर्वपक्षीय छलफल थालेको हो । टेउवामा अन्तक्र्रिया गरेर वडा कार्यालयले सरोकारवालासँग सुझाव सङ्कलन गरेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले गलकोट नगरपालिकासँग ६०÷४० को अवधारणाअनुसार बजेट विनियोजन गरेको छ । दुवै योजनाका लागि रु सात करोड विनियोजन भएपछि कुन योजनाको काम पहिले गर्ने भन्ने विषयमा आन्तरिकरुपमा विवाद नहोस् भनेर छलफल थालेको वडाले जनाएको छ । 

घुम्टे र मूर्तिकला सङ्ग्रहालयले गलकोटसँगै गण्डकी प्रदेशकै पर्यटन प्रवद्र्धन हुने भन्दै दुवै योजनाको समानान्तर विकासका लागि पहल थालिएको नगरप्रमुख भरत शर्मा गैरेले बताए । उनले मूर्तिकला सङ्ग्रहालय र घुम्टेलाई जोडेर विकास गर्नाले गलकोटका जनताको आर्थिक अवस्था समृद्धि हुने बताउनुभयो । सङ्ग्रहालय र घुम्टेको पूर्वाधार निर्माणको लागि निर्माण गरिएको डिपिआरअनुसार कार्ययोजना बनाएको उनले बताए। 

गलकोट कला प्रतिष्ठानका अध्यक्ष क्याप्टेन पूर्णबहादुर रानाले सरकार तथा आमनागरिकको साझा लगानीमा निर्माण गरिएकाले सङ्ग्रहालयको संरक्षण गर्ने जिम्मेवारी सबैको रहेको बताए । 

३ बर्ष अगाडि

प्रतिक्रिया