भिजिट भिसाको सेटिङ : विमानस्थलका कर्मचारीलाई प्रसन्न बनाउन १ लाख ५० हजार

३ बर्ष अगाडि

काठमाडौं - अध्यागमन विभागले कुनै पनि देशमा भिजिट भिसामा जानका लागि एक हजार अमेरिकी डलर देखाउनुपर्ने व्यवस्था गरेको छ ।

यो सँगै सम्बन्धित देशको भिसा, दुईतर्फी हवाई टिकट, भिजिट भिसामा जान लागेको देशमा कति दिन बस्ने र त्यसअनुसारको होटल बुकिङ पनि देखाउनुपर्ने व्यवस्था गरेको हो । 

यद्यपी यी कागजपत्र मात्र लिएर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सहजै विदेश यात्रा गर्न भने नपाइने बताइएको छ । सबै कागजात भएर पनि विमानस्थलका कर्मचारीलाई ‘प्रसन्न’ बनाउने कार्य गरिएन भने नेपाली नागरिकले अध्यागमन परिसर पार गर्न पाउँदैन ।

विमानस्थलका कर्मचारीलाई ‘प्रसन्न’ बनाउनका लागि बाहिर ‘सेटिङ’को व्यक्तिलाई औसत १ लाख रुपियाँ भेटी चढाउनुपर्छ, उसले माथि उल्लेख भएभन्दा अतिरिक्त अर्को पत्र बनाइदिन्छ । त्यो देखाएपछि मात्र नेपाली नागरिकको यात्रा अगाडि बढ्छ । 

त्यस ‘अर्को पत्र’का लागि यात्रुले १ लाख ५० हजार रुपियाँसम्म तिर्नुपरेको पीडितहरु बताउँछन्।

३ बर्ष अगाडि

प्रतिक्रिया