काठमाडौं - आज आइतबार नेपालीमा बजारमा सुनको मुल्य ५०० रुपैंयाले ओरालो लागेको छ ।
शुक्रबार प्रतितोला ८८ हजार ८०० रुपैंयामा कारोबार भएको सुनको मुल्य आज तोलामा ५०० रुपैंयाले घटेर प्रतितोला ८८ हजार ३०० रुपैंयामा कारोबार हुने सुनचाँदी व्यवसाय महासंघले जनाएको छ ।
तेजावी सुनको मुल्य ८७ हजार ८५० रुपैंयामा कारोबार हुने भएको छ ।
यस्तै, चाँदीको मुल्यमा पनि तोलामा १० रुपैंयाले घटेर प्रतितोला १३ सय २५ रुपैंयामा कारोबार हुने महासंघले जनाएको छ । शुक्तबार चाँदीको मुल्य प्रतितोला १३ सय ३५ रुपैंया रहेको थियो ।
प्रतिक्रिया