भन्सार छली गरेर ल्याएको २५ किलो चाँदी सहित एक जना पक्राउ

आइतबार, १६ फागुन २०७७, ११ : ०४

काठमाडौं - २५ किलो चाँदी सहित एक जना पक्राउ परेका छन् । भन्सार छली गरेरल्याउने गरेको चाँदीका गहना सहित उनलाई प्रहरीले पक्राउ गरेको हो । 

पक्राउ पर्नेमा वीरगंज महानगरपालिका १५ भेडियाई टोल बस्ने २० बर्षीय विराट सराफलाई रहेका छन् । उनलाई गवीरगंज महानगरपालिका ९ स्थित शुभलाभ गहना पसलमा लुकाई राखेको करिब २५ केजी २ सय ६४ ग्राम विभिन्न प्रकारका चाँदीका गरगहनाहरु सहित पक्राउ गरिएको हो । 

उनी सोही पसलमा काम गर्ने पनि बताइएको छ उक्त पसलमा अवैध रुपमा भारतबाट राजश्व छली गरी ल्याएका विभिन्न प्रकारका चाँदीका गरगहनाहरु लुकाई राखेको भन्ने उजुरी पछि प्रहरीले पसल तलासी गर्दा उक्त परिमाणको चाँदीका गरगहना फेला पारी सराफलाई पक्राउ गरेको जनाएको छ।

आइतबार, १६ फागुन २०७७, ११ : ०४

प्रतिक्रिया