अख्तियारले पिछा गरेपछि घूस रकम फालेर फरार भए गाउँपालिका अध्यक्ष

३ बर्ष अगाडि

काठमाडौं - घूस रकम फालेर गाउँपालिकाका एक अध्यक्ष फरार भएका छन् । भवन निर्माण सम्पन्न गरेपछि भुक्तानीका लागि ८ लाख घूस रकम लिएर फर्कंदै गरेका वटेश्वर गाउँपालिकाका अध्यक्षलाई अख्तियारको टोलीले पिछा गरेपछि उक्त रकम छोडेर भागेका हुन् ।

सो गाउँपालिकाका अध्यक्ष डम्बरबहादुर राउत पैसा बाटोमा छोडेर भागेपछि अख्तियारको टोलीले गाडी चालक वीरबहादुर मगरलाई गाडीसहित नियन्त्रणमा लिएको छ ।

घूस रकम लिएर भाग्दै गरेको प्र.२–०२–००१ झ ०००२ नम्बरको स्कोर्पियो गाडीलाई नियन्त्रणमा लिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोग २ नम्बर प्रदेश कार्यालयले जनाएको छ ।

अख्तियारले पिछा गरेको थाहा पाएपछि अध्यक्षले घूस बापत लिएको रकम छिरेश्वर नगरपालिका–५ को बाटोमा छोडेर भागेको आयोगले जनाएको छ ।

३ बर्ष अगाडि

प्रतिक्रिया