यी हुन् सबैभन्दा बढी आयात हुने १० वस्तु, सबैभन्दा बढी कुन ?

३ बर्ष अगाडि

काठमाडौं – चालु आर्थिक वर्षको माघ मसान्तसम्म आयात भएका १० वस्तुमध्ये सबैभन्दा बढी डिलेज आयात भएको छ । भन्सार विभागको तथ्यांकअनुसार चालु आवको सात महिनामा रकमका आधारमा डिलेजको सबैभन्दा बढी आयात भएको छ ।

तथ्यांक अनुसार चालु आवको सात महिनासम्म ३९ अर्ब ७० करोड रुपैंया बराबरको ८ लाख ७८ हजार ३३३ लिटर डिजेल आयात भएको छ । जुन अरु बस्तुहरुको तुलनामा सबैभन्दा बढी हो । 

गत आवको सोही अवधीको तुलनामा डिलेज आयात परिणामको आधारमा ०.८९ प्रतिशत र रकम आधारमा ३१.८ प्रतिशतले कम हो । गत आवको सोही अवधीसम्म ५८ अर्ब २२ करोड रुपैंया बराबरको ८ लाख ८६ हजार १९१ लिटर डिजेल आयात भएको थियो । 

यस्तै,नेपालमा दोस्रो नम्बरमा सबैभन्दा बढी एम.एस.विटेल आयात भएको छ । समीक्षा अवधीसम्म नेपालमा ३८ अर्ब १२ करोड रुपैंया बराबरको एम.एस.विलेट आयात भएको छ । गत आवको सोही अवधीको तुलना उक्त आयात रकम ३९.८२ प्रतिशतले बढी हो । गत आवको माघ मसान्तसम्म नेपालमा २७ अर्ब २७ करोड रुपैंपया बराबरको एम.एस.विलेट आयात भएको थियो । 

परिमाणका आधारमा समीक्षा अवधीसम्म भने ६८ करोड ३ लाख ८६ हजार ६५८ किलोग्राम विलेट आयात भएको हो । जुन गत आवको सोही अवधीको तुलना १६.८२ प्रतिशतले बढी हो । गत आवको सोही अवधीसम्म ५८ करोड २५ लाख ४४ हजार ७१ किलोग्राम विलेट आयात भएको छ । 

सैगरी,  समीक्षा अवधीसम्म ४३ लाख ६८ हजार ८७२ थान मोवाइल टेलिफोन नेपाल भित्रिएको छ । गत आवको सोही अवधीसम्म नेपालमा ३३ लाख ३५ हजार ७७६ थान मोबाइल टेलिफोन भित्रिएको थियो । नेपालमा चालु आवको माघ मसान्तसम्म २४ अर्ब ६ करोड रुपैया बराबरको मोबाइल टेलिफोन आयात भएको हो । गत आवको तुलनामा सो रकम ८४.६८ प्रतिशतले बढी हो । गत आवको सोही अवधीसम्म १३ अर्ब ३ करोड रुपैंया बराबरको मोवाइल आयात भएको छ । 

समीक्षा अवधीसम्म नेपालमा २० अर्ब ९८ करोड रुपैंया बराबरको २१ करोड २१ लाख ५६ हजार ४८८ केजी कच्चा भटमासको तेल आयात भएको छ । गत आवको तुलना कच्चा भटमासको तेल आयातमा परिणामका आधारमा ९३.५३ प्रतिशत र रकमका आधारमा ११७.१८ प्रतिशतले बढी हो । गत आवको माघ मसान्तसम्म नेपालमा  ९ अर्ब ६६ करोड रुपैंया बराबरको १० करोड ९६ लाख २२ हजार ६८० केजी कच्चा भटमासको तेल आयात भएको हो । 

समीक्षा अवधीसम्म नेपालमा १७ अर्ब ३६ करोड रुपैंया बराबरको तयारी कपडा आयात भएको छ । गत आवको सोही अवधीसम्म नेपालमा २० अर्ब १५ करोड रुपैंया बराबरको तयारी भित्रिएको थियो । जुन आयात रकम गत आवको साही अवधीको तुलना १३.८७ प्रतिशतले कम हो । चालु आवको माघ मसान्तसम्म नेपालमा १२ करोड ८९ लाख ५३ हजार ३९३ थान तयारी कपडा भित्रिएको छ । गत आवको तुलनामा उक्त आयात ४.८७ प्रतिशतले बढेको छ । गत आवको माघ मसान्तसम्म नेपालमा १२ करोड २९ लाख ६७ हजार ७२८ थान तयारी कपडा भित्रिएको थियो ।

त्यसैगरी, नेपालमा चालु आवको माघ मसान्तसम्ममा ३५ करोड २६ लाख ३१ हजार ६०० केजी चामल भित्रिएको छ  । जनु आयातको परिणाम गत आवको सोही अवधीको तुलना ५३.३३ प्रतिशतले बढी हो । गत आवको सोही अवधीसम्म नेपालमा २२ करोड ९९ लाख ८७ हजार ३८६ केजी चामल भित्रिएको थियो । यस्तै, समीक्षा अवधीसम्मन नेपालमा  १७ अर्ब ३० करोड रुपैया बराबरको चामल आयात भएको छ । गत आवको सोही अवधीसम्म नेपालमा  १२ अर्ब ७० करोड रुपैंया बराबरको चामल आयात भएको हो ।

एल पि ग्यासको आयात परिणामका आधारमा हेर्दा ०.८४ प्रतिशतले घटेको छ । समीक्षा अवधीसम्म नेपालमा २६ करोड ७९ लाख ४५ हजार ६३० केजी एल पि ग्यास आयात भएको छ । चालु आवको सोही अवधीसम्म नेपालमा १७ अर्ब २६ करोड रुपैंया बराबरको ग्यास आयात भएको छ । गत आवको सोही अवधीको तुलना ग्यासको आयात २.९९ प्रतिशतले घटेको छ । गत आवको सोही अवधीसम्म १७ अर्ब ७९ करोड रुपैंया बराबरको एल पि ग्यास आयात भएको थियो ।

समीक्षा अवधीसम्म नेपालमा रकमका आधारमा हेर्दा पेट्रोलको आयात २४.९२ प्रतिशतले घटेको छ । चालु आवको सात महिनासम्म नेपालमा १५ अर्ब ९६ करोड रुपैंया बराबरको पेट्रोल आयात भएको छ । गत आवको माघ मसान्तसम्म ३ करोड ५३ लाख ९७७ लिटर पेट्रोल आयात भएको थियो । जुन आयातको परिणाम ४.११ प्रतिशतले घटेर ३ करोड ३९ लाख ४४४ लिटर मात्र आयात भएको छ ।

त्यस्तै, सबैभन्दा बढी आयात हुने १० वस्तुमध्ये सबैभन्दा कम आयात हुने वस्तु सुन रहेको छ । समीक्षा अवधीसम्म १५ अर्ब १ करोड रुपैंया बराबरको सुन आयात भएको छ । गत आवको सोही अवधीसम्म नेपालमा ९ अर्ब १९ करोड रुपैंया बराबरको सुन आयात भएको थियो । 

 

३ बर्ष अगाडि

प्रतिक्रिया