ट्रक दुर्घटनामा दुई जना घाइते

३ बर्ष अगाडि

काठमाडौं-  धादिङको धुनिबेसी नगरपालिका ९ खत्रीपौवामा ट्रक दुर्घटना हुँदा २ जना घाइते भएका छन् ।

वीरगञ्जबाट काठमाडौंतर्फ आउँदै गरेको ना ६ ख १४ ९५ नम्बरको ट्रक शुक्रबार बिहान साढे ५ बजे सडकबाट अन्दाजी १० मिटर तल खस्दाँ ट्रक चालक बाराको जितपुर सिमरा उपमहानगरपालिका बस्ने अन्दाजी ४० वर्षीय हरी पौडेल र धादिङकै धुनिवेशी नगरपालिका ९ का २१ वर्षीय समीर पौडेल  घाइते भएका हुन् ।

घाइतेमध्ये चालकको अवस्था गम्भीर छ । घाइते दुवैलाई उपचारको लागि काठमाडौं ल्याइएको छ ।
 

३ बर्ष अगाडि

प्रतिक्रिया