प्रधानमन्त्री र विप्लवको भेटवार्ता यस्तो देखियो (तस्वीरहरु)

३ बर्ष अगाडि

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा महासचिव नेत्र विक्रम चन्द (विप्लव) बीच बालुवाटारमा बिशेष भेटवार्ता भएको छ । राष्ट्रिय सभागृहमा आयोजीत हस्ताक्षरण समारोहमा जानु अगाडि उनीहरु बीच बिशेष भेटवार्ता भएको हो । 
हाल उनीहरु दुवै जना हस्ताक्षरण कार्यक्रममा रहेका छन् । अबको केही समयमा उनीहरुले उक्त समारोहलाई सम्बोधन गरेका छन् । 
सरकार र विप्लव समुह बीच हिजो मात्र ३ बुँदे सहमति भएको थियो । बिशेषगरि विप्लव माथिको प्रतिवन्ध सरकारले हटाएको छ । साथै, थुनामा रहेका विप्लवको कार्यकर्तालाई पनि सकाररले छोड्ने सहमति गरेको छ । विप्लव समुहले पनि आफ्नो हिंसात्मक गतिविधि नगर्ने सहमति गरेको छ । यद्यपि, यस सम्बन्धी सहमतिको पुर्ण विवरण आज सार्वजनिक हुदैं छ । 

केही तस्वीरहरु 

तस्वीरः प्रधानमन्त्रीको सचिवालय 

३ बर्ष अगाडि

प्रतिक्रिया