घुस लिदै गर्दा लामिछाने रङ्गेहात पक्राउ !

३ बर्ष अगाडि

 हेटौंडाबाट घुस रकमसहित एक सव–इन्जिनियरलाई पक्राउ परेका छन् । शुक्रबार अख्तियार दुरुपयोग अनुसन्धान आयोग काठमाडौंको टोलीले उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय बागमती प्रदेश अन्तर्गतको पर्यटन विकास आयोजनामा कार्यरत सव–इन्जिनियर नेत्र लामिछानेलाई घुस रकमसहित पक्राउ गरेको हो ।

हेटौंडा उपमहानगरपालिका वडा नम्बर ११ को एक होटलबाट लामिछानेलाई ५० हजार रुपैयाँ घुस रकम लिदैं गरेको अवस्थामा पक्राउ गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोग काठमाडौंका सूचना अधिकारी बेदप्रसाद भण्डारीले जानकारी दिए ।

लामिछानेले आयोजनाको योजना सम्पन्न गरे पश्चात ठेकेदारसँग रकम माग गरेको र सो रकम लिने क्रमका आयोगको टोलीले पक्राउ गरेको भण्डारीले बताए । 

३ बर्ष अगाडि

प्रतिक्रिया