प्राधिकरणका सुपरभाइजरसहित तीन जनाविरुद्ध मुुद्दा दायर

३ बर्ष अगाडि

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल विद्युत् प्राधिकरण सुखवा वितरण केन्द्रअन्तर्गत ढल्केबर नोलाइट धनुषामा कार्यरत सुपरभाइजरसहित तीन जनाविरुद्ध विशेष अदालतमा मुुद्दा दायर गरेको छ । 

सेवाग्राहीसँग रु पाँच हजार घुस लिएको अभियोगमा प्राधिकरणका सुपरभाइजर जगतनारायण साह, इलेक्ट्रिसियन यमकुमार महतो, ज्यालादारी प्राविधिकको रुपमा कार्यरत  नवलकिशोर राउत र मनोहर महतोले घुस मागेको अभियोग लागेको छ । 

आयोगले उनीहरुविरुद्ध बिगोअनुसारको कारबाहीको माग गर्दै मुद्दा दर्ता गरिएको प्रवक्ता नारायणप्रसाद रिसालले जानकारी दिए । 

३ बर्ष अगाडि

प्रतिक्रिया