फर्निचर उद्योगमा आगलागी : ४५ लाख क्षति

३ बर्ष अगाडि

काठमाडौं - चितवनको रामपुरस्थित एक फर्निचर उद्योगमा शुक्रबार राति आगलागी भएको छ । 

भरतपुर महानगरपालिका–१९ रामपुरस्थित मधु सापकोटाको अनुपम फर्निचर उद्योगमा आगलागी भएको हो । 

आगलागीबाट करीब ४५ लाख बराबरको फर्निचर र काठ जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता सूर्यबहादुर थापाले जानकारी दिए  । 

विद्युत् चुहावट भएर आगलागी भएको उहाँले बताउनुभयो । राति ११ः१० बजे लागेको आगो १२ः३५ मा नियन्त्रणमा आएको थियो । 

भरतपुर महानगरपालिकाको दुई र खैरहनी नगरपालिकाको एक दमकलसँगै स्थानीयवासी र प्रहरीले आगो नियन्त्रणमा लिएका छन् । 
 

३ बर्ष अगाडि

प्रतिक्रिया