४ हजार ५७० मेट्रिक टन चामल खरिद गर्दै खाद्य कम्पनी

३ बर्ष अगाडि

काठमाडौं - खाद्य व्यवस्था  तथा  व्यापार  कम्पनीले करिब  पाँच  हजार  मेट्रिक  टन मसिनो  चामल  खरिद  गर्ने  प्रक्रिया सुुरु गरेको छ । 

कम्पनीले लिएको लक्ष्यअनुसार मसिनो जातको धान खरिद  गर्न  नसकेपछि  त्यसको अभाव  पूर्ति  गर्न  चामल  खरिद थालेको हो ।

कम्पनीले विभिन्न नौ स्थानबाट चामल खरिद गर्न टेन्डरसमेत  आह्वान  गरिसकेको जनाएको  छ ।  

कम्पनीका अनुसार कम्पनीले  तत्कालको  अभाव  पूर्ति गराउन चार हजार ५७० मेट्रिक टन चामल  खरिद  गर्न  लागेको हो ।

३ बर्ष अगाडि

प्रतिक्रिया