११ वर्षीया बालिका बलात्कारको आरोपमा २८ वर्षीय युवक पक्राउ

मंगलबार, २५ फागुन २०७७, १२ : ५५

काठमाडौं- सप्तरीमा ११ वर्षीया बालिकामाथि बलात्कारको आरोपमा २८ वर्षीय एक युवक पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा सुरूङगा नगरपालिका–५ बस्ने  नरेश मण्डल धानुक रहेका छन् । 

 ती युवक फागुन १९ गते बेलुकी जबरजस्ती करणी गरी फरार भएको मोरङको ईलाका प्रहरी कार्यालय रानीले जनाएको छ ।

धानुकलाई बिराटनगर नगरपालिका–१५ मा लुकीछिपी हिँडडुल गरिरहेको अवस्थामा फेला पारी पक्राउ गरेको हो ।
 

मंगलबार, २५ फागुन २०७७, १२ : ५५

प्रतिक्रिया