आगो ताप्ने क्रममा जलेर मृत्यु

मंगलबार, २५ फागुन २०७७, १४ : १९

काठमाडौं। गुल्मीको छत्रकोट गाउँपालिका–१ हुँगा आगो ताप्ने क्रममा जलेर एक महिलाको मृत्यु भएको छ । 

५२ वर्षीया मिना गाहाको आफ्नै घरमा सोमबार बेलुकी जलेर मृत्यु भएको हो । 

उनले लगाएको लुङ्गीमा पछाडिबाट आगो सल्किँदा जलेर गम्भीर घाइते भएकी उनको  पाल्पा मिसन अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो। 

मंगलबार, २५ फागुन २०७७, १४ : १९

प्रतिक्रिया