काठमाडौं – नर्भिक अस्पतालले कार्यकारी निर्देशकबाट राजेन्द्र बहादुर सिंहलाई कामकाज बिहिन बनाएको छ । विगत १० वर्षदेखि नर्भिक अस्पतालमा कार्यरत सिँहलाई अस्पताल व्यवस्थापनले सिंहलाई कामकाज विहिन बनाएको हो ।
नेपाल प्रहरीका पूर्व एआइजी समेत रहेका सिंहले पछिल्लो समय नर्भिक अस्पतालको प्रशासनमा उनले जिम्मेवारी सम्हाल्न असफल भएको व्यवस्थापनको आरोप छ ।
नर्भिक अस्पतालका अध्यक्ष बसन्त चौधरीले सिंहको अधिकार खोसेर छोरी मेघा चौधरीलाई दिएका छन् । उनी अस्पतालको प्रबन्ध निर्देशक समेत हुन् ।
‘अहिले सिंह सापलाई २ लिटर पेट्रोलको बिलमा हस्ताक्षर गर्ने अधिकार समेत दिइएको छैन,’ नर्भिकमा कार्यरत सुरक्षा तर्फका एक कर्मचारीले भने, ‘उहाँले हामीलाई निर्देशन दिने काम पनि गर्न छाड्नु भयो ।’
सिँह दिनहुँ कार्यालय भने पुग्छन् तर काम नगरी फर्किने गरेको ति कर्मचारीले बताए । ‘अहिले अफिस त आउनुहुन्छ तर, केही काम गर्नुहुन्न । दिनभर क्वार्टरमा बसेर बेलुका जानुहुन्छ’, उनले भने ।
स्रोतका अनुसार कामकाज विहिन बनेका कार्यकारी निर्देशक सिंहले नर्भिकबाट राजिनामा समेत दिइसकेका छन् । तर व्यवस्थापन पक्षले राजिनामा पनि स्वीकृत गरेको छैन ।
प्रतिक्रिया