सार्वजनिक भयो दीपिका र रणवीरको विहेको तस्बिर

विहीबार, २९ कार्तिक २०७५, २१ : ३४

काठमाडौं– रणवीर सिंह र दीपिका पादुकोणबीचको विहेको २ तस्बिर सार्वजनिक भएको छ । भारतीय सञ्चारमाध्यमका अनुसार सार्वजनिक भएको एउटा तस्बिर बुधबार कोँकणी संस्कार अनुसार भएको विहेको क्रमको हो । 
तस्बिरमा रणवीर परम्परागत पहिरनमा देखिएका छन् । दीपिका पनि गोल्डेन कलरको साडीमा देखिएकी छिन् । 


यस्तै अर्को तस्बिर बिहिबार सिन्धी परम्पराअनुसार भएको विहेको हो । जसमा दीपिका र रणवीर सब्यसाचीको डिजाइन रहेको रातो परम्परागत पोशाकमा देखिएका थिए । जसमा दुबैले विभिन्न बहूमूल्य गहना लगाएको देखिन्छ । 
इटालीको लेक कोमोमा बुधबार र बिहीबार उनीहरुको कोँकणी र सिन्धी परम्पराअनुसार विहे भएको हो । 
 

विहीबार, २९ कार्तिक २०७५, २१ : ३४

प्रतिक्रिया