यस्तो छ बुद्ध एयरको नयाँ गन्तव्यको हवाई भाडादर !

३ बर्ष अगाडि

बुद्ध एयरले थप चार वटा नयाँ रुटमा अन्तर प्रदेश उडान गर्ने भएको छ । एयरले वैशाख १८ गतेदेखि पोखरादेखि सिमरा, बिराटनगर, नेपालगञ्ज र भरतपुरबाट भैरहवा उडान सुरु गर्ने भएको हो । 

बुद्ध एयरले पोखरा–सिमरा–पोखरा, पोखरा–बिराटनगर–पोखरा, पोखरा–नेपालगञ्ज–पोखरा, भरतपुर भैरहवा भरतपुर र तुम्लिङटार(विराटनगर(तुम्लिङटार रुटमा हवाई उडान शुरु गर्ने जनाएको छ ।

योसँगै बुद्ध एयरले विभिन्न ३४ वटा रुटमा दैनिक १२० उडान गर्ने जनाएको छ । हाल बुद्ध एयरले दैनिक १०० वटा उडान गर्दै आएको छ । 

पहिलो पटक अन्तर प्रदेश ६ नयाँ स्थानमा उडान विस्तार गर्न लागेको कम्पनीले हवाई भाडादर समेत सार्वजनिक गरेको छ ।

कम्पनीले सार्वजनिक गरेको भाडादर अनुसार पोखरा–नेपालगञ्जका लागि न्यूनतम ४ हजार ५ सय, पोखरा–विराटनगरका लागि ६ हजार, पोखरा–सिमराका लागि ४ हजार ३ सय, तुम्लिङटार–विराटनगरका लागि २ हजार ५ सय, पोखरा–भैरहवाका लागि ३ हजार १ सय र भैरहवा–भद्रपुरका लागि २ हजार ५ सय रुपैयाँ तोकिएको छ ।

यी उल्लेखित भाडादर एटीआर–७२ को सञ्चालन खर्चमा आधारित भएर निर्धारण गरिएको कम्पनीले जनाएको छ । यद्यपी सुरुवाती उडानहरु यही भाडादरमा कम्पनीका सानो जहाज ‘विचक्राफ्ट’ बाट उडान भर्ने र यात्रुहरूको चाप र माग बढे आगामी दिनहरुमा उडानहरूलाई दैनिक बनाई ठूला जहाज एटीआरबाट समेत उडान भर्ने कम्पनीले बताएको छ । 

हाल कम्पनीले मुलुकका २० भन्दा बढि स्थानमा दैनिक १२० भन्दा बदी उडान भर्दै आएको छ । यसैगरी, बुद्धले अन्तर्राष्ट्रिय तर्फ भारतको कलकत्ता र बनारसमा उडान भर्दै आइरहेको छ ।

३ बर्ष अगाडि

प्रतिक्रिया