मुख्यमन्त्री पोखरेललाई अर्को धक्का, एमालेका सांसद पाण्डेद्वारा राजीनामा

२ बर्ष अगाडि

एमाले सांसद दूग नारायण पाण्डेले राजीनामा दिएका छन् ।उनी कपिलबस्तु २ क बाट विजयी भएका थिए ।  प्रदेशसभाका सूचना अधिकारी दिनेश अधिकारीले पाण्डेको राजीनामापत्र आफ्नो टेबुलमा आइपुगेको पुष्टि गरे । 

विपक्षी गठबन्धनसँग पनि ४० सांसद नै रहेको अवस्थामा संघीय सत्ताको जोडबलमा आफू नै मुख्यमन्त्री बन्ने अभियानमा रहेका शंकर पोखरेललाई एमालेका अर्का सांसदले पनि राजीनामा दिएर धक्का दिएका छन् । 

४१ सांसदको गणना गर्दै एकल बहुमतको सरकार गठनको तयारीमा जुटेका पोखरेललाई सुरुमा सांसद विमला खत्रीले झट्का दिइन् । खत्रीले आफू नेकपा माओवादी केन्द्रमा रहने भन्दै प्रदेशसभा सचिवालयमा निवेदन दिएपछि पोखरेल ४० सांसदको समर्थनमा खुम्चिएका थिए ।
 

२ बर्ष अगाडि

प्रतिक्रिया