विमान दुर्घटनाः आगलागी नियन्त्रणमा, २० को शव निकालियो

६ बर्ष अगाडि

काठमाडौं– त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा अवतरणका क्रममा युएस बंगलाको बीएस २११ कल साइनको एयर क्राफ्टमा भएको आगलागी नियन्त्रणमा आएको प्रहरीले जनाएको छ । 
नेपाल प्रहरी, सशस्त्र प्रहरीसहित सेना र वारुण यन्त्रको सहयोगमा करीब  एक घण्टाको प्रयासमा आगो नियन्त्रणमा आएको हो । विमानबाट १४ जनाको उद्दार गरिएको समाचार प्राप्त भएको छ । उनीहरुको केएमसी र नर्भिक अस्पतलामा उपचार भइरहेको बताइएको छ । 
 विमानमा चालक दलका ४ सदस्यसहित ७१ जना यात्रु सवार  थिए । 
बंगलादेशको ढाकाबाट आउँदै गरेको उक्त विमान अवतरणका क्रममा अनवेमा चिप्लिएर दुर्घटना भएको नागरिक  विमानस्थलका प्रवक्ता प्रेमनाथ ठाकुरले पुष्टि गरे ।  
‘विमानमा चालक दलका ४ सदस्यसहित ७१ जना सवार रहेको जानकारी आएको छ ’, उनले भने ‘आगलागी भएको जहाजबाट १४ जना यात्रुलाई बाहिर निकालेर उपचारका लागि अस्पताल पठाइएको छ ।’ 
यसैबीच  दुर्घटनास्थलबाट २० यात्रुको शब निकालिएको छ ।
 

६ बर्ष अगाडि

प्रतिक्रिया