काठमाडौं, भारतसँग जोडिएका १३ नाकामा स्वास्थ्य मापदण्डको पालनामा कडाइ गर्दै खुला राख्ने प्रतिबद्धता सरकारले गरेको थियो ।
सीमा नाका जोडिएका जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूका अनुसार भारतबाट आएका जति सबैलाई परीक्षण गर्न सकिएको छैन । एन्टिजेन परीक्षण गर्ने किट र जनशक्तिको अभावमा यो अवस्था आएको हो ।
हाल भारत तर्फ जोडिएका नेपालका मुख्य १३ नाका अझै खुला छन् । ती नाका हुँदै कामका लागि भारत पुगेका नेपालीहरू फर्कने क्रम धमाधम छ ।
कोरोना सङ्क्रमणको दर बढ्दो क्रममै रहेपछि कोभिड १९ सङ्कट व्यवस्थापन केन्द्र (सीसीएमसी) ले भारतसँग जोडिएका ३५ सीमा नाका मध्ये २२ नाका बन्द गर्न सरकारलाई सिफारिस गरेको थियो ।
सीसीएमसीको गत शुक्रवार बसेको बैठकले भारतसँग जोडिएका सीमा नाकाबाट आवतजावत बन्द नभएको र सङ्क्रमितको सङ्ख्यासमेत बढ्दै गएको पाइएपछि २२ सीमा नाका बन्द गर्न सरकारलाई सिफारिस गरेको थियो ।
प्रतिक्रिया