नेपाल चेम्बर एण्ड कमर्सले ग¥यो सरकारलाई कर रकम दाखिला गर्ने समय थप्न अनुरोध

२ बर्ष अगाडि

काठमाडौं– नेपाल चेम्बर एण्ड कमर्सले कर दाखिला गर्ने म्याद थप गर्न सरकारलाई अनुरोध गरेको  छ ।

पछिल्ला दिनहरुमा कोभिड–१९ को महामारी फैलिएको र त्यस पछि सरकारले गरेको निषेधाज्ञाका कारण उद्योग व्यवसाय तथा कार्यालायहरु बन्द रहेको रहेकाले कार दखिलाको समय थप गर्न अनुरोध गरेको छ ।

चेम्बरले कर सम्बन्धि कागजातहरू पनि कार्यालयमै रहने भएकोले यस परिस्थितिमा कर विवरण र कर रकम दाखिला गर्न अनलाइनबाट समेत सम्भव नभएकोले समयसिमा थप गर्न सरकारलाइ भनेको हो ।

२ बर्ष अगाडि

प्रतिक्रिया