२ मन्त्रीसहित दुई दर्जन सांसदहरूमा कोरोना पुष्टि, सबैभन्दा धेरै संक्रमित नेकपा एमालेका

२ बर्ष अगाडि

संसद् अधिवेशनको पूर्वसन्ध्यामा दुई मन्त्रीसहित करिब दुई दर्जन सांसदहरू कोरोनाभाइरस सङ्क्रमण पुष्टि भई एकान्तवासमा रहेका छन्।

मन्त्रीहरू भानुभक्त ढकाल र जुली महतो एवम् अन्य सङ्क्रमित सांसदहरूलाई आगामी साता प्रधानमन्त्रीको विश्वासको मत लिने प्रतिनिधिसभाको बैठकमा मत हाल्ने अवसर दिने तयारी गरिएको बताइएको छ।

बुधवार र बिहीवार संसद् भवन नयाँ बानेश्वरमा २०५ जना सांसदको परीक्षण गरिएकोमा १२८ जनाको रिपोर्ट आउँदा १४ जनामा सङ्क्रमण पुष्टि भएको संसद् सचिवालयले जनाएको छ।

बाँकी ७७ जनाको रिपोर्ट आउन बाँकी नै छ। त्यसअघि नै दुईजना मन्त्रीसहित आठजना सांसदहरू सङ्क्रमण भएर क्वारेन्टाइनमा रहेका थिए ।

मन्त्री ढकाल र मन्त्री महतोले सामाजिक सञ्जालमा आफ्नो सङ्क्रमण पुष्टि गरिसकेका छन्।

सचिवालयका अनुसार सबैभन्दा धेरै सत्ताधारी नेकपा एमालेका १४ जना सांसदलाई सङ्क्रमण पुष्टि भएको छ भने जनता समाजवादी पार्टीका चार जना र नेपाली काँग्रेस र माओवादी केन्द्रका दुई–दुई सङ्क्रमित छन्।

एमालेका सङ्क्रमितमध्ये दुईजना मन्त्री र एकजना पूर्वप्रधानमन्त्री समेत रहेको सचिवालयले जनाएको छ।

सङ्क्रमित सांसदहरूलाई मतदानबाट वञ्चित गर्दा विश्वासको मतका लागि संसदको अङ्कगणितमै ठूलो फरक पर्ने भएपछि सत्ताधारी र विपक्षी दलहरू सबैलाई मतदानमा सहभागी गराउन एकमत भएका हुन्।
 

२ बर्ष अगाडि

प्रतिक्रिया