ओलीले बोलाएको संवैधानिक परिषद्को बैठकमा देउवा नजाने

२ बर्ष अगाडि

काठमाडौं - नेपाली कांग्रेसले संवैधानिक परिषद्को बैठक बहिस्कार गर्ने घोषणा गरेको छ । 

कांग्रेस सभापति शेरबहादुर देउवाले एक विज्ञप्ति जारी गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाएको संवैधानिक परिषद् बैठकमा भाग नलिने बताएका हुन् ।

सभापति देउवाले संवैधानिक संरचनालाई भत्काउने गरी अध्यादेश जारी गरेको अवस्थामा परिषद्को बैठकमा भाग नलिने जनाएका छन् । 

प्रधानमन्त्रीले परिषद्को कार्य क्षेत्रलाई संकुचित गर्ने गरी संघीय संसदलाई छलेर अध्यादेश जारी गरी अनुचित कार्य गरेको सभापति देउवाले आरोप लगाएका छन् ।


 

२ बर्ष अगाडि

प्रतिक्रिया