भीमेश्वरको शीलामा ‘पसिना’ आयो, अनिष्टको संकेत (इतिहास)

२ बर्ष अगाडि

दोलखाको भीमेश्वर मन्दिरको शिलामा ‘पसिना’ आएको छ । शनिबार दिउँसो १ बजेतिर शिलामा ‘पसिना’ आएको मन्दिर व्यवस्थापन समितिका एक अधिकारीले जानकारी दिए । 

मन्दिरमा पसिना आएको भन्दै मन्दिर व्यवस्थापनले स्थानीय प्रशासनलाई जानकारी गराएपछि सीडीओसहित जिल्ला सुरक्षा समितिका सबै अधिकारी मन्दिरमा पुगेका छन् । मन्दिरमा अहिले क्षमा पूजाको तयारी भइरहेको एक प्रहरी अधिकारीले बताए । 

पछिल्लो पटक गत मंसिरमा पनि भीमेश्वर मन्दिरको शिलामा पसिना आएको भन्दै स्थानीय प्रशासनले विज्ञप्ति नै जारी गरेको थियो । 

शिलामा पसिना आएसँगै प्रचलित परम्पराअनुसार मन्दिरका पुजारी तथा गुठियारहरुले पूजा पाठ गर्ने प्रचलन रहेको छ । शिलाबाट पसिना आउँदा अनिष्ट हुने जनविश्वास रहिआएको छ ।

शीलामा पसिना आएपछि राष्ट्र प्रमुखले क्षमा पूजा गर्ने चलन छ । राष्ट्रपतिको व्यवस्था हुनुपूर्व राजाले क्षमा पूजा गर्ने चलन थियो । अहिले राष्ट्र प्रमुखको रुपमा राष्ट्रपतिले भीमेश्वर मन्दिरमा क्षमापुजा पठाउने चलन छ । यसअघि पनि पटक पटक पसिना आउँदा राष्ट्रपति विद्यादेवी भण्डारीले क्षमा पूजाको समग्री पठाएकी थिइन् । 

त्यसअघि डा। रामवरण यादव राष्ट्रपति हुँदा पनि पसिना आएको थियो । त्यतिबेला पनि राष्ट्र प्रमुखको हैसियतमा डा। यादवले क्षमा पूजा गर्न पूजा समग्री पठाएका थिए ।

यसअघि पनि विभिन्न समयमा दोलखा भीमेश्वरलाई पसिना आएको थियो । त्यस समयमा मूलुकले निकै ठूलो क्षति समेत ब्यहोरेको इतिहास छ । 

राजा वीरेन्द्रको वंशनाश हुनुअघि २०५९ सालमा पनि भीमेश्वरको शीलामा पसिना आएको थियो । त्यससँगै २०६२र०६३ सालको जनआन्दोलन सुरु हुनुभन्दा महिना दिनअघि पनि भीमेश्वरको शिलामा पसिना आएको थियो ।

संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्रीमा वहाल रहेकै अवस्थामा गतवर्ष रवीन्द्र अधिकारी सवार हेलिकप्टर दुर्घटना हुनुपूर्व पनि पसिना आएको चर्चा थियो । 

२ बर्ष अगाडि

प्रतिक्रिया