प्रधानमन्त्रीको पद जोगिएला ?

२ बर्ष अगाडि

काठमाडौँ - सत्तारुढ एमालेभित्रको विभाजनले उत्कर्ष रूप लिएको छ ।  त्यो विभाजन रोक्न राष्ट्रपति विद्यादेवी भण्डारी लागेकी छन् । 

उनले समग्र पार्टी हित भन्दा पनि प्रधानमन्त्री केपी शर्मा ओलीको जोगाउन राष्ट्रपतिकै पद दुरुपयोग गरेको आरोप एमालेको माधवकुमार नेपाल र झलनाथ खनाल पक्षधरको छ ।

नेपाललाई बिहीबार साँझ भेट्न बोलाएर उनले प्रधानमन्त्रीको पक्षबाट वकालत गरेपछि अन्य नेताहरू सशंकित भएका छन् । राष्ट्रपतिसँग भेट, त्यहाँ भएका वार्तालापबारे नेपालले निकटस्थ छलफल गरेका थिए ।

राष्ट्रपतिसँग लामो कुरा गरेका नेपालले आफ्नो अडानमा राष्ट्रपतिलाई सहमत गराउन सकेनन् । राष्ट्रपति भण्डारीले पनि ओलीको पक्षमा नेपाललाई सहमत गराउन सकिनन् । 

नेपाल निकट नेताका अनुसार, यतिबेला ओलीले जसरी भए पनि फकाएर राष्ट्रिय सभामा गृहमन्त्री रामबहादुर थापालाई जिताउने र संसद्‌मा विश्वासको मत लिने तयारी गरेका हुन् । 

त्यो रणनीतिमा राष्ट्रपतिले साथ दिएकी हुन् । नेकपा माओवादी केन्द्र छाड्दै एमाले प्रवेश गरेपछि गृहमन्त्री थापालाई प्रधानमन्त्री ओलीले पार्टीमा महत्वपूर्ण पदका अतिरिक्त बागमती प्रदेशको राष्ट्रिय सभा उम्मेद्वार बनाएका छन् ।

राष्ट्रिय सभा निर्वाचनमा नेपाली कांग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टीका डा। बाबुराम भट्टराई र उपेन्द्र यादव पक्षसँग मिलेर साझा उम्मेद्वार बनाएका छन् । सँगै रामबहादुर थापा हार्ने स्थितिमा पुगेका छन् । 

ओलीले गलत काम नसच्चाएमा नेपाल९खनाल समूह विद्रोहकै पक्षमा रहेको बताइएको छ ।


 

२ बर्ष अगाडि

प्रतिक्रिया