१९ सांसद र संसद सचिवालयमा कार्यरत १६० कर्मचारीमा कोरोना पुष्टि

२ बर्ष अगाडि

प्रतिनिधिसभा र राष्ट्रियसभाका १९ सांसदसहित १६० जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । संसद सचिवालयका अनुसार संक्रमितमा १९ सांसदबाहेक संसद सचिवालयमा कार्यरत कर्मचारी, सुरक्षाकर्मीलगायत रहेका छन् ।

प्रतिनिधिसभाको बैठक वैशाख २७ गते बस्ने लागेकाले वैशाख २३ र २४ गते २०५ जना सांसदसहित १२सय ३५ जनाको कोरोना परीक्षण गरिएको थियो । जसमध्ये १६० जनामा संक्रमण पुष्टि भएको रिपोर्ट प्राप्त भएको सभामुख अग्निप्रसाद सापकोटाका प्रेस सल्लाहकार श्रीधर न्यौपानेले जानकारी दिए । एक जनाको भने रिपोर्ट आउन बाँकी रहेको छ । 

‘१२३४ जनाको रिपोर्ट प्राप्त भएको छ, जसमध्ये १६० जनामा कोरोना पोजेटिभ आएको छ’, उनले भने, ‘१९ जना (राष्ट्रिय सभा १ जना समेत) माननीयहरु र १४१ जना संघीय ससद सचिवालयका कर्मचारी, मर्यादापालक, स्वकीय सचिब, सुरक्षाकर्मी, संसदीय मामिला पत्रकारका कर्मचारी रहेका छन् ।
राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको सिफारिसमा प्रधानमन्त्रीले विश्वासको मत लिने प्रयोजनका लागि वैशाख २७ मा प्रतिनिधिसभाको विशेष अधिवेशन आह्वान गरेकी छिन् । 

२ बर्ष अगाडि

प्रतिक्रिया