कोरोना कहर : एकसातामा पशुपति मात्र झन्डै ३ सय जनाको अन्त्येष्टि

२ बर्ष अगाडि

काठमाडौं, पछिल्लो एक सातामामात्र २ सय ९५ जनाको शव पशुपति क्षेत्रस्थित विद्युतीय शवदाहगृह तथा बाग्मती किनारमा शवको व्यवस्थापन गरिएको छ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार कोभिड १९ सम्बन्धी कारणले हिजो शुक्रवार साँझसम्म कुल ३,५७९ जनाको मृत्यु भइसकेको छ।

 नेपाली सेनाको सहयोगमा पशुपति क्षेत्र विकास कोषले शव व्यवस्थापन गर्दै आएको बताइएको छ।

एकै समयमा शवको चाप बढेका कारण वैकल्पिक स्थानसमेतको बन्दोबस्त गर्न लागेको कोषले जनाएको छ।

२ बर्ष अगाडि

प्रतिक्रिया