चीनले दिएको १८ हजार थान अक्सिजन सिलिण्डर तातोपानी नाकामा

आइतबार, ०२ जेठ २०७८, ०९ : ४२

चीनले दिएको अक्सिजन सिलिण्डर तातोपानी नाकामा आईपुगेको छ ।चीन सरकारले दिएको  १८ हजार थान अक्सिजन सिलिण्डर तातोपानी नाकामा आईपुगेको हो । 


कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) का संयोजक गणेश पाण्डेका अनुुसार तातोपानी नाका आईपुगेको अक्सिजन सिलिण्डर काठमाडौँ ल्याउने तयारी भईरहेको छ । 

यस्तै ओमानको मस्कटबाट ५ सय ६० वटा अक्सिजन काठमाडौँ आइपुगेको छ।
गैरआवासीय नेपाली संघको सहयोग गरेका अक्सिजन सिलिन्डर नेपाल एयरलाइन्सको वाइडबडी ए ३३० जहाजले शनिबार साँझ काठमाडौं ल्याएको हो। नेपाली दूतावास ओमानको सहकार्यमा सहयोगस्वरुप प्राप्त सिलिन्डर ल्याएको जनाएको छ। अक्सिजन सिलिन्डर लिन निगमको जहाज शनिबार बिहान मस्कट उडेको थियो।
 

आइतबार, ०२ जेठ २०७८, ०९ : ४२

प्रतिक्रिया