मेयर कल्याणकारी कोषका लागि रु.१० लाख सहयोग

आइतबार, ०२ जेठ २०७८, १८ : ५७

काठमाडौं– नेपाली काँग्रेसकी नेत्री डा आरजु देउवाले धनगढी उपमहानगरपालिकाले स्थापना गरेको मेयर कल्याणकारी कोषका लागि रु १० लाख आर्थिक सहयोग गरेका छन् ।

अक्सिजन प्लान्ट स्थापना र सिलिण्डरका लागि स्थापित कोषमा नेत्री देउवाले उक्त रकम सहयोग गरेका हुन।

गत वैशाख ३० गते नगर प्रमुख तथा नगरस्तरीय कोभिड–१९ समितिका संयोजक नृपबहादुर वडका अध्यक्षतामा बसेको बैठकले कोरोना नियन्त्रण तथा रोकथाम र व्यवस्थापनका लागि कोष स्थापना गरेको थियो ।
 

आइतबार, ०२ जेठ २०७८, १८ : ५७

प्रतिक्रिया