काठमाडौं, नागरिक लगानी कोषले चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको वित्तिय विवरण सार्वजनिक गरेको छ ।
विवरण अनुसार कोषले चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा ५९ करोड २० लाख रुपैयाँ खुद नाफा कमाएको छ ।
गत वर्षको यसै अवधिसम्म कोषले ३७ करोड ९४ लाख नाफा गरेको थियो । गत वर्षको यसै अवधिको तुलनामा कोषको खुद नाफा ५६ प्रतिशतले बढी हो ।
गत वर्ष ७० करोड ८५ लाख कुल आम्दानी गरेको कम्पनीले यस वर्ष ९९ करोड ५९ लाख आम्दानी गरेको छ । कम्पनीको कुल आम्दानी ४०.५६ प्रतिशतले बढेको हो।
हकप्रद शेयर र बोनस शेयरमार्फत १२३ प्रतिशत चुक्तापूँजी बढाएको कम्पनीको चुक्तापूँजी ३ अर्ब छ । कम्पनीको जगेडा कोष ८३ प्रतिशत बढेर १३ अर्ब २६ करोड कायम भएको छ । जसको शेयर प्रिमियम रकम १ अर्ब २६ करोड ४८ लाख छ ।
कम्पनीले यस वर्ष गत वर्षभन्दा १४ प्रतिशत बढी लगानी गरेको छ । गत वर्ष १ खर्ब ४२ अर्ब २५ करोड ८ लाख लगानी गरेको कम्पनीले यस वर्ष १ खर्ब ६२ अर्ब ४२ करोड ९ लाख ८७ हजार लगानी गरेको छ ।
खुद नाफा बढेपनि चुक्ता पूँजी अधिक बढाउँदा कोषको प्रतिशेयर आम्दानी भने ११ रुपैयाँ ३१ पैसा घटेको छ । तेस्रो त्रैमाससम्म कम्पनीको प्रतिशेयर आम्दानी वार्षिक २६ रुपैयाँ तथा प्रतिशेयर नेटवर्थ १५६ रुपैयाँ छ ।
प्रतिक्रिया