काठमाडौं, विन लघुवित्त वित्तीय संस्थाले जेठ २४ गते वार्षिक साधारण सभा गर्ने भएको छ ।
कम्पनीले सभा बिहान ११ बजे शाखा कार्यालय कुपण्डोल ललितपुरमा हुने जनाएको छ । सभाले आव २०७४र ७५,२०७५/ ७६ र आव २०७६/७७ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्नेछ ।
साथै सभाको विशेष प्रस्तावले यस विन लघुवित्त वित्तीय संस्था र नेपाल सेवा लघुवित्त वित्तीय संस्था बीच एक आपसमा गाभ्ने गाभिने प्रयोजनको मूल्यांकनकर्ताबाट प्राप्त प्रतिवेदनको अधारमा निर्धारण गरिएको शेयर आदान प्रदान अनुपातलाई पारित गर्नेछ ।
प्रतिक्रिया