केवाईसी भरेर निष्कृय रहेका खाता पुनः अनलाइनबाट सुचारु गर्न सकिने

२ बर्ष अगाडि

काठमाडौं, ग्राहक पहिचान अद्यावधिक (केवाईसी अपडेट) नभएर निष्क्रिय भएका बैंक खाता पुनः अनलाइनबाट सुचारु गर्न सकिने भएको छ ।

नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको तेस्रो त्रैमासिक समिक्षा प्रतिवेदनमार्फत केन्द्रीय बैंकले यस्तो व्यवस्था मिलाएको हो ।

केन्द्रीय बैंकका अनुसार कोभिड १९ बाट विकसित भएको असहज परिस्थितिलाई मध्यनजर गर्दै ग्राहक पहिचान अद्यावधिक नभएका कारण निष्क्रिय भएका बैंक खाताको हकमा यस्तो व्यवस्था लागू हुनेछ ।

त्यसका लागि बैंक तथा वित्तीय संस्थाहरुले विद्युतीय माध्यमबाट समेत केवाईसी अपडेट गरी त्यस्ता खाता सुचारु गर्न सकिने व्यवस्था मिलाउनुपर्ने जनाइएको छ ।

२ बर्ष अगाडि

प्रतिक्रिया