सगरमाथा इन्स्योरेन्सको ११ प्रतिशत लाभांश घोषणा

२ बर्ष अगाडि

सगरमाथा इन्स्योरेन्सले लाभांश घोषणा गरेको छ । कम्पनिले गत आर्थिक वर्ष २०७६÷०७७ को मुनाफाबाट ११ दशमलव ५७ प्रतिशत लाभांश दिने घोषणा गरेको हो । 

कम्पनीको  जुम एपमार्फत बुधवार बसेको सञ्चालक समितिको बैठकले गत आवको मुनाफाबाट ११ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव ५७ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो ।

प्रस्तावित लाभांश बीमा समितिबाट स्वीकृत भएपछि र कम्पनीको आगामी वार्षिक साधारण सभाले अनुमोदन गरेपछि शेयरधनीले पाउने छन् ।

२ बर्ष अगाडि

प्रतिक्रिया