नबिल बैंक द्वारा वीर अस्पताल लाई ८ करोड सहयोग

२ बर्ष अगाडि

नबिल बैंक लिमिटेडले वीर अस्पताल लाई ८ करोड सहयोग गर्ने भएको छ । बढ्दो कोरोना माहामारी जोखीम न्युनिकरण गर्ने उद्देश्यले बैंक अक्सिजन प्लान्ट स्थापना गर्न सहयोग गर्ने भएको हो । 

 मंगलवार नबिल बैंक र वीर अस्पतालबीच समझदारी पत्रमा हस्ताक्षर भएसँगै समझदारी अनुसार बैंकले ५० क्युबिक लिटर÷प्रतिघण्टा क्षमताको अक्सिजन प्लान्ट स्थापना गर्न लाग्ने सम्पूर्ण खर्च सहयोग गर्ने छ भने अस्पतालले आवश्यक स्थान उपलब्ध गराउने छ ।

यो प्लान्ट स्थापनाले अस्पताललाई आवश्यक अक्सिजन उपलब्ध गराउने र यसबाट धेरै विरामीको ज्यान बचाउन सकिने बैंकले विश्वास लिएको छ । 

विर अस्पतालमा अक्सिजन प्लान्टसँगै केही अस्पतालहरूलाई अक्सिजन कन्सन्ट्रेटर प्रदान गर्नलाई बैकले थप प्रकिया अगाडि बढाएको बैंकले जनाएको छ । 

२ बर्ष अगाडि

प्रतिक्रिया